होमपेज / समाज
काठमाडौं । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइन्छ । आमाको मुख हेर्ने पर्व आज देशभर श्रद्धा भक्तिसाथ मनाइँदैछ । आजका दिन दिवंगत आमाका नाममा श्रद्धा भक्तिसाथ तर्पण, पिण्डदान र सिदादान गरिन्छ ।
यस अवसरमा चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा आज मेला लागेको छ । तीर्थाटनमा सहभागीहरूले माता तीर्थ कुण्डमा स्नान गर्नुका साथै पिण्डदान तथा सिदादान गरिरहेका छन् ।
.jpg)
.jpg)