ट्रेण्डिङ

होमपेज / समाज

विश्वविद्यालयलाई राष्ट्रिय र अन्तर्राष्टियस्तरमा स्थापित गर्न सहयाेग पुगाेस् - मुख्यमन्त्री कंडेल

नेपालगाथा २०८२ बैशाख १२ गते शुक्रबार २२:५६:५९ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री माननीय यामलाल कंडेलले मध्यपश्चिम विश्वविद्यालयमा आजदेखि आयोजना भइरुहेको अन्तर्राष्टिय सम्मेलनले विश्वविद्यालयलाई राष्ट्रिय र अन्तर्राष्टियस्तरमा स्थापित गर्न सहयाेग पुग्ने बताएका छन् । शुक्रबार सम्मेलनकाे उद्घाटन गर्दै मुख्यमन्त्री कंडेलले कर्णाली प्रदेशमा रहेकाे मध्यपश्चिम विश्वविद्यालयले “वर्तमान परिवर्तनशील विश्वमा शिक्षा, समाज र व्यवसायका प्रवृत्तिहरू बुझ्दै भविष्यको निर्माण गर्ने“ भन्ने महत्वपूर्ण विषयमा अन्तर्राष्टियस्तरको सम्मेलनको आयोजना गरेकाेमा विश्वविद्यालय परिवारलाई हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्दे यस सम्मेलनको पूर्ण सफलताको शुभकामना व्यक्त गरेका छन् ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा संचालन हुने यो दुई दिने अन्तर्राष्टिय सम्मेलनमा सहभागी हुन स्वदेश तथा विदेशबाट आउनुभएका सम्पूर्ण अतिथि महानुभावहरुलाई कर्णाली प्रदेशमा प्रदेश सरकारको तर्फबाट हार्दिक स्वागत गर्दे मध्यपश्चिम विद्यालयले आफ्ना शैक्षिक कार्यक्रमसँगै विश्वविद्यालयलाई राष्ट्रिय र अन्तर्राष्टियस्तरमा स्थापित गर्न यस प्रकारको सम्मेलनको आयोजना गरेकोमा यस कार्यको प्रंशसा गर्दे सम्मेलनले नवप्रवर्तन र विकासका प्रमुख क्षेत्रहरूमा सरोकारवालाहरुबीच संवाद तथा सहकार्यलाई प्रवद्र्धन गर्देे शिक्षा, समाज र व्यवसायका क्षेत्रमा भइरहेका परिवर्तनहरूलाई बुझेर भविष्यको मार्गचित्र कोर्न महत्वपूर्ण भूमिका खेल्ने  कार्यमा सफल रहोस भन्ने शुभकामना व्यक्त गरे ।

आजको युग ज्ञानको युग हो ।  सूचना प्रविधि, र नवप्रवर्तनको तीव्र विकाससँगै समाज, शिक्षा प्रणाली र व्यवसायिक सोचमा आमूल परिवर्तन आइरहेको छ। यो परिवर्तनको यथार्थलाई स्वीकार गर्दै अव हाम्रा विश्व विद्यालयहरुले नीतिगत, प्राज्ञिक र व्यावसायिक रूपमा आफू अब्बल सावित गर्नु पर्ने अवस्था सृजना हुँदै गएको मुख्यमन्त्रीले महशुस गरेकाे बताएका छन् ।

आजको विश्व तीव्र गतिमा परिवर्तन भइरहेको छ। प्रविधि, जलवायु परिवर्तन, भूराजनीतिक परिवर्तनजस्ता विषयहरूले हाम्रो जीवनका हरेक पक्षलाई प्रभाव पारिरहेका छन्। यस्तो परिवर्तनशील विश्वमा हामीले शिक्षा, समाज र व्यवसायलाई कसरी अगाडि बढाउने भन्ने विषयमा गम्भीरतापूर्वक सोच्नुपर्ने बेला भएकाे बताउँदै मुख्यमन्त्री कंडेलले आजको समयको माग भनेको व्यवसायमा नवप्रवर्तन, स्टार्टअप संस्कृति र सामाजिक उद्यमशीलता स्थापित गर्दै जानु रहेकाले यस्ता  कार्यक्रमहरुले मानवसभ्यतामा विशेष योगदान दिनसक्ने नविनतम विषयहरुलाई थप जागृत र स्वावलम्बी समाज निर्माणमा टेवा दिन सक्ने मैले अपेक्षा गरेको बताए ।

यस सम्मेलनबाट शिक्षाविद्, समाजशास्त्री, व्यवसायविद् र नीति निर्माणकर्ताहरूबीच बहस, छलफल र विचार आदान–प्रदानसँगै विभिन्न विशिस्ट सत्रहरुमा सिर्जना भएका बहसले हाम्रो नीति, योजना र कार्यान्वयनमा मार्गदर्शन दिन सफल रहोस् भन्दै मुख्यमन्त्री कंडेलले उच्च शिक्षाको लागि आफ्नो मुलुक छाडेर विदेशमा जाने संख्या यतिबेला बढिरहेकाे भए पनि उपलब्ध सीमित साधन र श्रोतबाट हामीले हाम्रो शिक्षालाई बैदेशिक शैक्षिक संस्थाहरुसँग प्रतिस्पर्धामा लैजानु पर्ने ठूलो चुनौतीको सामना गर्न परिवर्तित समयलाई आत्मसाथ गर्दे अब हाम्रा विश्व विद्यालयहरुले आफूलाई समय सुहाउँदो रुपान्तरण गर्नुपर्ने जरुरी ठानेकाे बताए ।

                   

यसैगरी मुख्प्रमन्त्री कंडेलले प्रविधिको द्रुत विकासले कृत्रिम बुद्धिमत्ता, डिजिटल शिक्षण, दिगो विकास र समावेशी सोचका नयाँ प्रवृत्तिहरूले शिक्षालाई विश्वव्यापीकरण गराइरहेको वर्तमान समयमा मध्यपश्चिम विश्वविद्यालयले पनि आफूलाई त्यसतर्फ केन्द्रित गर्दे शिक्षालाई गुणस्तरीय र प्रविधिमैत्री बनाउन आफ्ना सम्पूर्ण शैक्षिक क्रियाकलापहरु त्यस तर्फ लैजान सकेमा विद्यार्थी पलायनको अवस्थालाई सुधार्न गर्न सकिने बताए ।

कर्णाली प्रदेशमा शिक्षा, समाज र व्यवसायका क्षेत्रमा चुनौतीहरू छन्। भौगोलिक विकटता, बहुआयामिक गरिबी, बेरोजगारी, पूर्वाधारको अभावजस्ता कारणले यहाँको विकास अपेक्षित रूपमा हुन सकेको छैन। तर, हामीसँग अथाह सम्भावनाहरू पनि छन्। यहाँको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, युवा जनशक्ति र जलस्रोतजस्ता सम्पदाहरूलाई सही रूपमा प्रयोग गर्न सकेमा हामीले कर्णालीलाई समृद्ध प्रदेश बनाउन सक्छौं। प्रदेश सरकार यहाँको नकारात्मक विषयको प्रचारभन्दा हामीसँग भएका संभावनाहरुको समुचित प्रयोगमार्फत राष्ट्रिय र अन्तर्राष्टिय क्षेत्रमा परिचित गराउन सम्पूर्ण प्राज्ञिक साथीहरुबाट सार्थक र सकारात्मक भूमिकाको अपेक्षा गरेकाे मुख्यमन्त्रीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top