होमपेज / समाज
काठमाडौं । नेपाल प्रगतिशील प्राध्यापक संगठनको अध्यक्षमा पद्मप्रसाद खतिवडा र महासचिवमा सुमन खरेल सर्वसम्मत निर्वाचित भएका छन् ।
काठमाडौंमा बुधबार सम्पन्न ११ औं राष्ट्रिय सम्मेलनबाट खतिवडा सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका हुन् । सम्मेलनले वरिष्ठ उपाध्यक्षमा मनोज विष्टलाई चयन गरेको छ ।
यसैगरी, उपाध्यक्षहरुमा नरेन्द्र कोइराला, भरत राई, तेज बिक्रम बस्नेत, रामजी पोखरेल, बलराम रायमाझी, तिलक भुसाल, नरेन्द्र सिवाकोटी र माया घिमिरे चयन भएका छन् ।
यस्तै, सम्मेलनले उपमहासचिवमा नन्दीकिशोर नेपाल, दिनेश पन्थी र देवराज आर्याललाई चयन गरेको छ । सचिवमा सात प्रदेशबाट एकएक जनाको दरले सचिव चयन गरेको छ । जसअनुसार कोशीबाट होमबहादुर बस्नेत, मधेशबाट किशोर साह, बागमतीबाट छवि बराल, गण्डकीबाट श्रीकान्त खतिवडा, लुम्बिनीबाट भुवनेश्वर लामिछाने, कर्णालीबाट विष्णुकुमार खड्का र सुदूरपश्चिमबाट कृष्णसिंह साउद रहेका छन् ।
यस्तै, कोषाध्यक्षमा कृष्ण ओझा, सहकोषाध्यक्षमा चन्द्र बदना राई, लेखा आयोग अध्यक्षमा विदुर नेपाल र सचिवमा केपी अर्याल चयन भएका छन् ।
अनुशासन आयोग अध्यक्षमा बाबुराम चापागाई र सचिवमा मिनप्रसाद अधिकारी चयन भएका छन् ।