ट्रेण्डिङ

होमपेज / समाज

शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

नेपालगाथा २०८२ बैशाख ८ गते सोमबार १८:४१:५० मा प्रकाशित

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सोमबार अपरान्ह प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा पत्र बुझाएकी छन् । मन्त्रीले राजीनामा दिएको उनका प्रेस सल्लाहकार रामजी लम्सालले पुष्टि गरे ।

‘प्रधानमन्त्रीज्यूलाई भेटेर बुझाउनुभएको छ । अब स्वीकृत हुन्छ होला’, लम्सालले नेपाल प्रेससँग भने ।

शिक्षक महासंघको आव्हानमा देशभरका शिक्षकहरू २० दिनदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् । यहीबेला उनको राजीनामा आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top