ट्रेण्डिङ

होमपेज / समाज

आन्दोलनरत शिक्षक कक्षा १२ को बोर्ड परीक्षाको अभिमूखीकरणमा गएनन्

नेपालगाथा २०८२ बैशाख ८ गते सोमबार १६:१३:४३ मा प्रकाशित

काठमाडाैं ।  २०८१ चैत २० गतेदेखि ७७ वटै जिल्लाका शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् । उनीहरु आन्दोलनमा रहेको बेला बैशाख ११ गतेबाट सुरु हुने भनिएको कक्षा १२ को परीक्षा हुने की नहुने भन्ने विषयले विद्यार्थी र अभिभावकहरु अन्योलमा परेका छन् ।

परीक्षा बोर्डले अभिमुखीकरण कार्यक्रमका लागि बोलाएता पनि  शिक्षकहरु सहभागी भएका छैनन् । सरकारले शिक्षकहरुको माग सम्बोधन गरे ७२ घण्टाभित्र परीक्षा संचालनको तयारी पूरा हुने शिक्षकहरुले बताएका छन् । परीक्षा समयमा नहुँदा विद्यार्थीहरुमा पर्ने असुविधाको सम्पूर्ण जिम्मेवार नेपार सरकार हुने आन्दाेलन पक्षले बताएकाे छ ।

चुनावका बेला हरेक राजनीतिक दलहरुले शिक्षाको विषयलाई आफ्नो एजेन्डा बनाउने तर चुनाव जितिसकेपछि शिक्षालाई प्राथमिकता नदिने आन्दाेलन शिक्षककाे आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top