ट्रेण्डिङ

होमपेज / समाज

कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने नेपाल शिक्षक महासंघको निर्णय

नेपालगाथा २०८२ बैशाख २ गते मंगलबार २१:३६:३४ मा प्रकाशित

काठमाडौं । नेपाल शिक्षक महासंघले आउँदै गरेको कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने निर्णय गरेको छ । महासंघले सोमबार एक विज्ञप्ति जारी गर्दै परीक्षाका कुनै पनि काममा सहभागी नहुन शिक्षकहरुलाई अपिल गरेको हो । कक्षा १२ को परीक्षा वैशाख ११ गते सुरु हुँदैछ ।

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै महासंघको नेतृत्वमा २० चैतदेखि शिक्षकहरु काठमाडौं केन्द्रीत सडक आन्दोलनमा छन् । सडक आन्दोलनमा अनिवार्य सहभागी हुन प्रधानाध्यापक, शिक्षक र कर्मचारीलाई महासंघले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top