होमपेज / समाज
काठमाडौं । राष्ट्रिय अपाङ्गता संगठन नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनले जगदीशप्रसाद अधिकारीलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ ।
राजधानीको सुकेधारामा नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले उद्घाटन गरेको राष्ट्रिय अपाङ्गता संगठन नेपालको तेस्रो अधिवेशनले उपाध्यक्षमा निर्मला धिताल र कृष्ण गौतम, महासचिवमा रमेश लामा, उपमहासचिव शिशिर खनाल, सचिवहरुमा राजु बस्नेत, देवीदत्त आचार्य र खोमराज शर्मा तथा कोषाध्यक्षमा कमला बुढाथोकीलाई निर्विरोध निर्वाचित गर्नुका साथै ५५ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको हो ।
यस्तै, केन्द्रीय कमिटीको सदस्यहरु भीमा खतिवडा, गोविन्द विष्ट, खेमकुमारी ढुंगेल, जितेन्द्रकुमार यादव, कविता श्रेष्ठ, गोकर्ण तिवारी, शोभा पौडेल, लक्ष्मण सुवेदी, रेनुका पन्थी, कृष्णबहादुर जिसी, डिलसरा बोहरा, शेरबहादुर ओली, अर्जुन रावल, शुष्मा कार्की, कलाधर भण्डारी, चित्र माया आले, मिना पौडेल, सागर लुईटेल, दिलिप सापकोटा, सिता बराईली, सुनिता थापा, अमृत राई, डा. गोविन्द आचार्य, सत्यवती वाग्ले, सन्तोष केसी, सूर्यबहादुर बुढाथोकी, जानुका रोक्का, पुष्पराज रिमाल, रविन मैनाली, विकाश श्रेष्ठ, नवराज सोती, बुद्धीबहादुर वागदास, विजय कुमार, यादव, शर्मिला विश्वकर्मा, कृष्ण अधिकारी, देवी आचार्य, मिना पौडेल, दयाराम अधिकारी, धनजंग थापा, रामप्रसाद धमला, शुरेश चन्द्र न्यौपाने, रेहिणीप्रसाद उपाध्याय, सविन रुपाखेती, श्याम कार्की, कनैयालाल राना, शंकर उपाध्याय, हेमनाथ ज्ञावाली, लेखा आयोग प्रमुखमा केपी अधिकारी, अनुशासन आयोग प्रमुखमा नेत्र सापकोटा, सदस्यमा गुणराज खतिवडा र निर्वाचन आयोग प्रमुखमा डा. लक्ष्मणप्रसाद ज्ञवाली र सदस्यहरुमा तारा ढकाल र राजेन्द्र घिमिरे रहेका छन् ।
राष्ट्रिय अपाङ्गता संगठन नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै एमाले महासचिव पोखरेलले राष्ट्रिय अपाङ्गता संगठन नेपालले अपाङ्गता भएका व्यक्तिहरुका समग्र सवालहरुमा कार्य गर्न आवश्यक रहेको बताए । देशमा गणतन्त्र स्थापना भएपछि अपाङ्गता भएका नागरिकहरुका राजनीतिक सवालहरुले स्थान पाउन थालेको बताए । यसर्थ पनि गणतन्त्रको पक्षमा अपाङ्गता संगठनले सशक्त आवाज उठाएर आम समाजलाई सन्देश दिन महासचिव पोखरेलले आग्रह गरे ।
यसैगरी, महाधिवेशनलाई सम्बोधन गर्दै एमाले स्थायी कमिटी सदस्य एवम् जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले पार्टीका नीति कार्यक्रममा अपाङ्गता संगठनको उल्लेखनीय भूमिका रहँदै आएकोमा संगठनको प्रशंसा गरे । ‘हाम्रो पार्टीले गर्ने विभिन्न कार्यक्रममा अपाङ्गता संगठनका कमरेडहरु सधै उत्साहपूर्वक सहभागि हुनुहुन्छ । हाम्रा नीतिहरुलाई अपाङ्गता समुदायसँग जोड्न संगठनले अहम भूमिका खेलिरहेको छ । पार्टीले यी विषयहरुलाई उच्च मूल्याङकन गरेको छ’ नेता ढकालले भने ।
सम्मेलनमा एमाले केन्द्रीय कमिटी सदस्य तथा संगठनका पूर्वइन्चार्ज उषाकला राई र केन्द्रय सदस्य तथा हालका इन्चार्ज धर्मदत्त देवकोटा, पार्टी केन्द्रीय कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका सदस्य रचना खड्का, एमाले लेखा आयोग सदस्य कोमल भट्टराई लगायतको आतिथ्यता रहेको थियो भने संगठनका निवर्तमान अध्यक्ष मित्रलाल शर्माले अध्यक्षता गरेका थिए ।
राष्ट्रिय अपाङ्गता संगठन नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै नवनिर्वाचित अध्यक्ष जगदीशप्रसाद अधिकारीले केही समयमा प्रथम केन्द्रीय कमिटीको बैठक बसी आगामी योजना कार्यक्रम तय गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
‘हाम्रो पार्टीविरुद्ध चौतर्फी आक्रमण छ । देशभरि संगठन निर्माण तथा प्रशिक्षणहरु आयोजना गर्नुपर्नेछ । अपाङ्गता भएका व्यक्तिहरुलाई नीति निर्माण तहमा पुर्याउन वकालत पैरवी गर्नु छ । यी विविध सवालहरु नै आजको हाम्रो मुख्य सवालहरु हुन् । अब आउने केन्द्रीय कमिटी बैठकमा यी सबै सवालहरुमा छलफल गरेर योजनावद्ध रुपमा सबैलाई समान जिम्मेवारी प्रदान गरेर अघि बढ्छौँ ।’ अध्यक्ष अधिकारीले भने ।