होमपेज / समाज
सुर्खेत । नेपाल प्रगतिशील प्राध्यापक तथा कर्मचारी संगठन मध्यपश्चिम विश्वविद्यालय कमिटीले नव वर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम शनिबार सम्पन्न गरेको छ ।
शुभकामना आदानप्रदान कार्यक्रममा नेपाल प्रगतिशील प्राध्यापक संगठनका केन्द्रीय सदस्य तथा मध्यपश्चिम विश्वविद्यालयका इन्चार्ज उपप्राध्यापक डा. विष्णुकुमार खड्काले नयाँ वर्षको अवसरमा शुभकामना व्यक्त गर्दै प्रगतिशीलका प्राध्यापक र कर्मचारीले जिम्मेवारी पाएका कुनै पनि क्षेत्र उदाहरणीय बनाउनुपर्नेमा जोड दिनुभयो ।
.jpg)
यसैगरी सहप्राध्यापक डा. आनन्दप्रसाद सुवेदीले नेतृत्वले जहिले पनि सबैको भावनालाई समेटेर पेशागत हक र हितका लागि संयुक्त रुपमा काम गर्नुपर्ने बताउनुभयो ।
नेपाल प्रगतिशील प्राध्यापक संगठनका नवनिर्वाचित अध्यक्ष वेदप्रकाश ढकालले पेशागत हक र हितका लागि सधै व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्ने बताउनुभयो ।
कार्यक्रममा सल्लाहकार नारायणनाथ योगी, निवर्तमान अध्यक्ष रामप्रसाद कंडेल, पूर्व परीक्षा प्रमुख नरेन्द्र साउदलगायतका उपप्राध्यापकहरुले प्रगतिशील व्यक्तिहरु आआफ्नो काम र जिम्मेवारीमा समेत सक्षम हुनुपर्नेमा जोड दिएका थिए ।