होमपेज / समाज
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. ध्रुव कुमार गौतम र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा.डा. दिलिप सुब्बाबीच भेटवार्ता सम्पन्न भएको छ । छलफल कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. ध्रुव कुमार गौतमले विश्वविद्यालय र नास्ट बीच बहुआयामिक क्षेत्रमा सहकार्य गर्न सकिने उल्लेख गर्दै यसप्रति विश्वविद्यालय सधै सकारात्मक रहेको बताउनुभयो ।
त्यस्तै नास्टका उपकुलपति प्रा.डा. दिलिप सुब्बाले प्रतिष्ठानले हरेक प्रदेशमा प्रदेश कार्यालय खोल्ने योजना अनुसार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सूचना तथा सञ्चार प्रविधि विशिष्टिकृत अनुसन्धान केन्द्र यसै चैत २९ गते उद्घाटन गरी प्रदेश कार्यालय खोलिने र विश्वविद्यालयसंग सहकार्य गरी अगाडि बढ्ने उल्लेख गर्नुभयो ।
छलफल कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. शोभाखर कँडेल, प्रतिष्ठानका सचिव डा. रबिन्द्र प्रसाद ढकाल तथा प्राध्यापक एवं प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
.jpg)