ट्रेण्डिङ

होमपेज / समाज

शिक्षक र सरकारबीचको वार्ता बिना निष्कर्ष टुङ्गियो

नेपालगाथा २०८१ चैत्र २८ गते बिहीबार २३:१७:३७ मा प्रकाशित

काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीचको वार्ता बिना निष्कर्ष टुङ्गिएको छ । शिक्षामन्त्री विद्या भट्टराईका साथमा मन्त्रालयका सचिव डा.दीपक काफ्लेसहित मन्त्रालयको टोलीसँग आन्दोलनरत शिक्षकको तर्फबाट शिक्षक महासङ्घका सहअध्यक्ष नानुमाया पराजुली सहितको टोली सहभागी थियो ।

मन्त्रालयमा बिहीबार साँझ भएको वार्ता बिना निष्कर्ष टुङ्गिएको शिक्षा मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव शिवहरी सापकोटाले नेपाल प्रेसलाई जानकारी दिए । उनले भने, ‘आजदेखि सरकार र आन्दोलनरत शिक्षकबीचमा वार्ताको प्रारम्भ भएको हो । कुनै निष्कर्ष निस्केको छैन । प्रवक्ता सापकोटाले वार्तालाई निरन्तरता दिनेगरी बिहीबारको वार्ता टुङ्गिएको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top