ट्रेण्डिङ

होमपेज / समाज

चैत्र २६ गते सुर्खेतमा एमालेकाे जागरणसभा

नेपालगाथा २०८१ चैत्र २४ गते आइतबार २२:४२:३० मा प्रकाशित

सुर्खेत । नेकपा एमाले सुर्खेतले चैत २६ गते सुर्खेतमा जागरणसभा गर्ने भएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै लोकतान्त्रिक गणतन्त्र र संविधानको पक्षमा देशव्यापी जागरण अभियान अन्तर्गत जागरणसभा गर्न लागिएको जानकारी दिइएको हो ।

सभालाई पार्टीका महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य एवम् कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कंडेल, पार्टीका कर्णाली प्रदेश इञ्चार्ज कमरेड गोरख बोगटीलगायतका नेताहरूले सम्बोधन गर्ने पार्टि अध्यक्ष कुलमणि देवकाेटाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top