ट्रेण्डिङ

होमपेज / समाज

वरिष्ठ पत्रकार भैरव रिसाल रहेनन्

नेपालगाथा २०८१ चैत्र २४ गते आइतबार २२:१८:४७ मा प्रकाशित

काठमाडौं । वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ । ९७ वर्षीय पत्रकार रिसाल अस्वस्थ हुनुभएपछि सोमबार फ्रन्टलाईन अस्पताल बानेश्वर भर्ना गरिएको थियो । उहाँका भाइ पुरु रिसालका अनुसार उहाँको निधन आज साँझ पौने ८ बजेतिर भएको हो । 

पछिल्लो समय फोक्सो र मुटु समस्याबाट ग्रसित वरिष्ठ पत्रकार रिसाल सूर्यविनायक नगरपालिका –४, दधिकोटमा बस्दै आउनुभएको थियो । उहाँका श्रीमती, दुई छोरा र दुई छोरी हुनुहुन्छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top