ट्रेण्डिङ

होमपेज / समाज

जाजरकोटको पैंकमा भूकम्पकाे केन्द्र विन्दु

नेपालगाथा २०८१ चैत्र २२ गते शुक्रबार २२:३३:४३ मा प्रकाशित

सुर्खेत । शुक्रबार राती गएको भुकम्पको केन्द्र जाजरकाेटकाे कुसे गाउँपालिका–९ पैकमा रहेकाे छ । अहिलेसम्म मानवीय क्षतीको विवरण सार्वजनिक भएको छैन । ८ बजेर ७ मिनेटमा ५.२ र ८ बजेर १० मिनेट ५.५ म्याग्निच्युडकाे भकुम्पकाे छुट्टाछुट्टै धक्का महसुश गरिएको थियाे ।

भुकम्पको धक्का बढी महसुश गरिएको पैक क्षेत्रमा घर चर्किए पनि मानवीय क्षती नभएको कुसे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिए ।

भुकम्प मापन केन्द्र सुर्खेतअनुसार भुकम्पकाे धक्का छिमेकी जिल्ला सल्यान, रूकुम पश्चिम, सुर्खेत, दैलेख आसपासमा महसुश गरिएको थियो । केन्द्रले भुकम्पपछि थप धक्काहरु जाने सक्ने भएकाले सावधानी अपनाउन अपिल गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top