होमपेज / समाज
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने उच्च अदालतको आदेश पछि पक्राउ परेका छन् । संगठित रुपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका रास्वपा सभापति रवि लामिछानेलाई उच्च अदालत बुटवल इजलासले थुनामा पठाउन शुक्रबार आदेश दिएको थियो ।
लगत्तै उनको निवास बुढानीलकण्ठमा प्रहरीको टोली पुगेको थियो । उनलाई आजै बुटवल भैरहवा लगिने बुझिएको छ ।
बुटवलको सुप्रिम सहकारी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले उनलाई १ करोड धरौटी माग गरेको थियो । उक्त आदेश चित्त नबुझाउँदै उनी साधारण तारेखमा छाड्नुपर्ने मागसहित उच्च गएका थिए ।