होमपेज / समाज
काठमाडौं । काठमाडौंको तीनकुनेमा गत १५ गते भएको राजावादीको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणासहित ४१ जनालाई थप ६ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।
आज काठमाडौं जिल्ला अदालतले दोस्रो पटक म्याद थप गर्दै थप ६ दिन हिरासतम राख्न अदालतलाई अनुमति दिएको हो ।
आपराधिक उपद्रव र संगठित अपराधमा ३० जना र राज्यविरुद्धको कसुरमा ११ जना गरी ४१ जनालाई ६ दिन म्याद थप भएको हो ।