ट्रेण्डिङ

होमपेज / समाज

विश्व ‘अटिजम’ जागरुकता दिवस

विभिन्न सचेतनामूलक कार्यक्रम गरेर मनाइयाे

नेपालगाथा २०८१ चैत्र २० गते बुधबार १९:००:२७ मा प्रकाशित

काठमाडौं । विश्व ‘अटिजम’ जागरुकता दिवस आज विश्वभर यो रोगप्रति सचेतना फैलाउने विविधि कार्यक्रमका साथ मनाइएकाे छ । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २००७ देखि यो दिवस मनाउन थालिएको हो । अटिजम भएका व्यक्तिको मानवअधिकार, मौलिक स्वतन्त्रताको उपभोग सुनिश्चित गर्न समाजका सबै वर्गले सघाउनुपर्ने मान्यताका साथ दिवस मनाउन थालिएको हो ।

दिगो विकासका लक्ष्य हासिल गर्न तथा स्वास्थ्यसम्बन्धी प्रतिबद्धता पूरा गर्न यो दिवस उपयोगी हुने राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसले बताएका छन् । यो दिवसका अवसरमा जारी गरेको मन्तव्यमा उनले अटिजम भएकाहरूलाई स्वास्थ्य, शिक्षा, रोजगारीका अवसर दिनुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top