होमपेज / समाज
काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरको स्ववियु सभापतिमा नेविसंघका दिपक राज जोशी ८ भोटकाे अग्रताले विजयी भएका छन् । कुल ३ हजार ११८ मत खसेकोमा जाेशीले ७८९ मतसहित विजय भएका हुन्हा भने अनेरास्ववियुका सिद्धान्त भट्टले ७८१ मत प्राप्त गरेका छन् । त्यस्तै, क्रान्तिकारीका प्रविन दाहालले ७२७ र स्वतन्त्र उम्मेदवार उज्जवल खड्काले ७१७ मत ल्याएका छन् ।
बाँकी अन्य सबै पदमा अनेरास्ववियुका उम्मेदवार निर्वाचित भएका छन् । अनेरास्ववियुले सचिव, कोषाध्यक्षसहित सबै सदस्य जित्न सफल भएको छ । सचिवमा हिक्मत कुमार बुढा र कोषाध्यक्षमा सञ्च माया सुब्बा निर्वाचित बनेका छन् ।