होमपेज / समाज
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक एकीकृत समाजवादीको पार्टी कार्यालयमा पुगेका छन् । पूर्वराजदूत तथा वरिष्ठ पत्रकार कमल कोइराला प्रति श्रद्धाञ्जली अर्पण गर्न ओली एकीकृत समाजवादीको पार्टी कार्यालयमा पुगेका हुन् । त्यसक्रममा उनले पार्टी कार्यालयको अवलोकन पनि गरेका थिए ।
.jpg)
प्रधानमन्त्री ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, महासचिव घनश्याम भुसाल, सम्मानित नेता झलनाथ खनाल लगायतका नेताहरूसँग कुराकानी पनि गरेका थिए ।
नेकपा एमालेलाई विभाजित गर्दै २०७८ भदौ २ गते नेकपा एस दर्ता भएको थियो । सो पार्टीको कार्यालयमा ओलीले पहिलोपटक पाइला टेकेपश्चात् दुई दलबीच सम्बन्ध सुधारको संकेत देखिएको छ ।