होमपेज / समाज
काठमाडौं । राजावादीका नाममा काठमाडौंको तीनकुने, कोटेश्वर र जडिबुटी लगायतका क्षेत्रमा अपराधिक समूहले देखाएको उद्दण्डता, अराजकता, तोडफोड, लुटपाट, हत्या र हिंसाका घटनालाई नेकपा एमालेले अत्यन्त गम्भीर रूपमा लिदै त्यसको निन्दा तथा भ्रत्सना गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको सचिवालय बैठकले अराजक र आपराधिक क्रियाकलापको छानविन गरी दोषीउपर तत्काल कारबाहीको प्रक्रिया अघि बढाउन पनि सरकारको ध्यानाकर्षण गराएको हो ।
पार्टी महासचिव शंकर पोखरेलद्वारा जारी विज्ञप्तिमा मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली र घाइतेहरूको शीर्घ स्वास्थ्यलाभको कामना पनि गरिएको छ ।
विज्ञप्तिमार्फत एमालेले लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानको रक्षाका लागि दृढतापूर्वक उभिने सङ्कल्प गर्दै सबै राजनीतिक दल, नागरिक समाज र आम नेपाली जनतालाई लोकतन्त्रका पक्षमा र पश्चगमनका दुष्प्रयासका विरूद्ध गोलबन्द हुन आह्वान पनि गरेको हो ।
यस्तै बैठकले आगामी वैशाख ९ गते पार्टी स्थापना दिवसलाई युथ समिटका रूपमा मनाउने निर्णय गरेको छ । उक्त समिटमा ४० वर्ष मुनिका ६ हजार युवाहरूको सहभागिता रहने बताइएको छ ।
.jpg)