ट्रेण्डिङ

होमपेज / समाज

भोलि सार्वजनिक विदा

नेपालगाथा २०८१ चैत्र १७ गते आइतबार २०:५१:१२ मा प्रकाशित

काठमाडौं । सरकारले भोलि सोमबार सार्वजनिक विदा दिने निर्णय गरेकाे छ । आइतबार गृह मन्त्रालयले इस्लाम धर्मावलम्बीहरुको पर्व ईद (ईद उल फित्र)का दिन सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएको हो ।

नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इस्लाम धर्मावलम्बीहरुको पर्व ईद (ईद उल फित्र) का दिन सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा उक्त पर्वको अवसरमा २०८१ चैत १८ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको जनाइएकाे छ ।

इस्लाम धर्मावलम्बीहरूको एक महिनासम्म चलेको महान पर्व ‘रमजान मुबारक’ आज समापन हुँदैछ । एक महिनासम्म सञ्चालन भएको रमजान मुबारकमा इस्लाम धर्मावलम्बीहरूले दिनभर निराहार व्रत बस्छन् ।

रोजा बस्न मुसलमानहरूले उर्दू पात्रोअनुसार सूर्योदय हुनुभन्दा पहिले अर्थात् बिहानको नमाज पढ्नुअगावै खानेकुरा खाई प्रारम्भ हुने र बेलुकाको नमाज (मगरिब)को आजान सुनेर खोल्ने चलन छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top