ट्रेण्डिङ

होमपेज / समाज

वाक स्वतन्त्रतालगायतका अधिकारको दुरुपयोग गर्नेलाई हदैसम्मको सजाय हुनुपर्छ - अध्यक्ष शर्मा

नेपालगाथा २०८१ चैत्र १६ गते शनिबार १९:१६:०३ मा प्रकाशित

काठमाडौं । नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले वाक स्वतन्त्रता लगायतका अधिकारको दुरुपयोग गर्नेलाई हदैसम्मको सजाय हुनु पर्ने माग गर्नुभएको छ । 

संविधानले दिएको स्वतन्त्रताको अधिकारको दुरुपयोग गर्दै पत्रकारलाई ज्यूँदै जलाउने पूर्वराजाका समर्थकहरूलाई हदैसम्म कारबाही गर्नुपर्ने माग शर्माको रहेको छ । पत्रकारले समाचार सम्प्रेषणकै क्रममा हत्या ,कुटपिट र सञ्चार माध्यम माथि आगजनी लगायतका भौतिक आक्रमण भोग्नु परेको दुखद घटनाको भर्त्सना गर्दै दोषी माथि कारबाहीको माग गर्नुभएकाे छ ।

संविधानले दिएको अधिकार प्रयोग गर्दै तिनै अधिकार माथि आक्रमण गर्नेलाई हदैसम्मको कारबाही गर्नुपर्ने उहाँको माग छ । ‘संविधानले दिएको वाक् स्वतन्त्रता लगायतका अधिकारको उपयोग गर्दै तिनै अधिकार माथि आक्रमण गर्ने भिडतन्त्रलाई परास्त गर्न सबै नागरिक समाजलाई आव्हान गर्छु र दोषी प्रत्येक व्यक्ति माथि कानुनी कारबाहीको माग गर्छु’, शर्माले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top