ट्रेण्डिङ

होमपेज / समाज

फौजदारी अभियोगमा राप्रपा सांसद धवल शमसेर पक्राउ गरिएको संसद्लाई जानकारी

नेपालगाथा २०८१ चैत्र १६ गते शनिबार १७:१२:०१ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवल शम्शेर जबरालाई फौजदारी अभियोगमा पक्राउ गरिएको काठमाडौं जिल्ला प्रहरी परिसरले संसद् सचिवालयलाई जानकारी दिएको छ । नेपालको संविधानको धारा (१०३) को उपधारा (६) बमोजिम प्रहरीले सचिवालयलाई सांसद जबरा पक्राउको सूचना दिएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताए ।

‘सम्माननीय सभामुखलाई सम्बोधन गरेर परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले प्रतिनिधिसभा सदस्य जबरालाई पक्राउ गरिएको पत्र सचिवालयलाई प्राप्त भएको छ’, प्रवक्ता गिरीले टेलिफोनमा भने ।

राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री जबरालाई प्रहरीले शुक्रबार साँझ पक्राउ गरेको थियो । उनीहरूलाई भद्रकालीस्थित काठमाडौं प्रहरी परिसरमा राखिएको छ । राप्रपाका नेता पशुपति शम्शेर जबरा र प्रकाशचन्द्र लोहनी लगायतले मिश्र र जबरालाई शनिबार भेटेका थिए ।

जबरा राजावादीको प्रदर्शनको क्रममा भएको हिंसात्मक गतिविधि भड्काउन मतियार रहेको आरोपमा पक्राउ परेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top