ट्रेण्डिङ

होमपेज / समाज

मिडिया र सामाजिक सञ्जालमा प्रकाशित समाचारप्रति ग्य्राजुएट स्कुलको ध्यानाकर्षण

नेपालगाथा २०८१ चैत्र ४ गते सोमबार २२:२५:३३ मा प्रकाशित

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयको ग्य्राजुएट स्कुल अफ ह्युमानिटिज एण्ड सोसल साइन्सले मध्यवर्ती परीक्षाका सन्दर्भमा विभिन्न अनलाइन मिडिया र सामाजिक सञ्जालमा आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

उक्त परीक्षा कुनै बोर्ड परीक्षा वा सत्रान्त परीक्षा नभई विभागले लिने आन्तरिक परीक्षा भएकाले मिडियामा आएजस्तो नभएको ग्य्राजुएट स्कुल अफ ह्युमानिटिज एण्ड सोसल साइन्सका प्रशासन अधिकृत वसन्ता योगीद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । 

विद्यार्थीको हक र हितका लागि मध्यपश्चिम विश्वविद्यालयमा हुन गइरहेको आसन्न स्ववियु निर्वाचनको कार्यतालिकालाई सहयोग पुग्ने गरी विद्यार्थीकै माग बमोजिम निर्वाचन समितिमार्फत उक्त आन्तरिक परीक्षा पछाडि सार्नका लागि भएको आग्रह अनुसार नै पछाडि सारिएको ध्यानाकर्षण पत्रमा जनाइएको छ । 

यसअघि ग्य्राजुएट स्कुल अफ ह्युमानिटिज एण्ड सोसल साइन्सले २०८१ साल चैत्र ३ गतेदेखि मध्यवर्ती परीक्षा सञ्चालन गर्ने गरी विद्यार्थीलाई जानकारी गराएको थियो । तर, विद्यार्थीलाई जानकारी गराइसकिएको मध्यवर्ती परीक्षाको सूचनाभन्दा केही समय पछि स्ववियु निर्वाचनको कार्यतालिका प्रकाशित भएका कारण मध्यवर्ती परीक्षा कै कारण निर्वाचनलाई असर नपुगोस् भन्ने हिसाबले मध्यवर्ती परीक्षा पछाडि सारिएको ग्य्राजुएट स्कुल अफ ह्युमानिटिज एण्ड सोसल साइन्सले स्पष्ट पारेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top