ट्रेण्डिङ

होमपेज / समाज

सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेश  

नेपालगाथा २०८१ फाल्गुण २७ गते मंगलबार २२:५९:४८ मा प्रकाशित

काठमाडौँ । सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश भएकाे छ । आयाेगका अध्यक्ष प्रकाशमान सिंह रावतले आर्थिक वर्ष २०८०/ ८१ काे वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेश गर्नुभएकाे हाे ।

साेही अवसरमा राष्ट्रपति पौडेलले न्यायमा आम नागरिकको पहुँच सुनिश्चित गराई निष्पक्ष, छरितो, सहज एवं सर्वसुलभ ढंगले न्याय प्रदान गरी न्यायपालिकाप्रतिको जनआस्थामा अभिवृद्धि गर्ने काममा सर्वोच्च अदालतको अर्जुनदृष्टि हुनुपर्ने बताए ।

सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति पौडेलले नेपालको संविधानले आत्मसाथ गरेको मूल्य र मान्यताको अधीनमा रही संवैधानिक र कानूनी दायित्व पूरा गर्ने सन्दर्भमा आफूले गरेका काम कारवाही समेटेर तयार गरिएका प्रतिवेदनमा उठाइएका महत्त्वपूर्ण विषय सम्बोधन हुनेमा आफू विश्वस्त रहेको बताए।

उनले न्यायको पुनीत उद्देश्य हासिल गर्ने अभियानलाई सार्थक तुल्याउन सर्वोच्च अदालतलगायत सबै तहका अदालत एवं न्यायिक निकायले खेलेको भूमिका प्रशंसनीय रहेको बताउँदै न्यायिक निष्पक्षता एवं प्रभावकारी न्याय सम्पादनका लागि आगामी दिनमा अझ सशक्त भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

Top