ट्रेण्डिङ

होमपेज / समाज

एलपी ग्यासमा बढेको मूल्य उपभोक्ताले तिर्नु नपर्ने

नेपालगाथा २०८१ फाल्गुण २० गते मंगलबार १८:०६:१५ मा प्रकाशित

काठमाडौं । एलपी ग्यासको प्रतिसिलिन्डर १२ रुपैयाँ ७५ पैसा मूल्य बढाउने सहमति भएकाे छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा लामो छलफलपछि नेपाल आयाल निगम र ग्यास उद्योगीबीच मूल्य बढाउने सहमति भएकाे हाे । ग्यासमा मूल्य वृद्धि भए पनि उपभोक्तामाथि भने उक्त भार नथपिने भएको छ ।

नेपाल आयाल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले भने, ‘प्रतिसिलिन्डर १२ रुपैयाँ ७५ पैसा मूल्यवृद्धि भए पनि त्यो उपभोक्ताले तिर्नुपर्दैन । थप मूल्य निगमले नै व्यहोर्नेछ । निगमको सञ्चालक समितिले बैठक उक्त निर्णय लागू गर्नेछ ।’

नेपाल आयाल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले अहिले प्रतिसिलिन्डर ३३० रुपैयाँ निगमलाई घाटा छ । ठाकुरले भने, ‘अहिले दैनिक रूपमा १ लाख सिलिन्डर बिक्री हुने गरेको छ । निगमलाई प्रतिसिलिन्डर ३३० रुपैयाँ घाटा छ । उक्त घाटा पेट्रोल, डिजेल र हवाई इन्धनबाट मेकप भइरहेको छ ।’

निगमका अनुसार उद्योगीसँगको सहमतिअनुसार बढेको मूल्य जोड्दा प्रतिसिलिन्डर ३४२ रुपैयाँ ७५ पैसा घाटा हुनेछ ।

उद्योग, वाणिज्य तथा आपूर्ति सचिव गोविन्दबहादुर कार्की, नेपाल आयाल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्ट र ग्यास व्यवसायीबीच ५ बुँदे सहमति भएको हो ।

उक्त सहमतिअनुसार आन्तरिक र बाह्य ढुवानी भाडा समायोजन भएको छ । व्यवसायीले कमिसन २.५ बाट ५ प्रतिशत बढाउन गरेको मागका सन्दर्भमा भने निगमले उपसमिति बनाएको छ । उपसमितिलाई समय भने नतोकिएको भट्टले नेपाल प्रेसलाई बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top