ट्रेण्डिङ

होमपेज / समाज

प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशसभालाई विशेष सम्वोधन गर्ने

नेपालगाथा २०८१ फाल्गुण १८ गते आइतबार २०:५९:५१ मा प्रकाशित

सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशसभालाई सम्वोधन गर्ने भएका छन् । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेललेको विशेष अनुरोधमा ओलीले सम्वोधन गर्ने भएका हुन् । 

आइतबार मुख्यमन्त्री कँडेलले प्रधानमन्त्री ओलीलाई भेटेर विशेष सम्बोधनका लागि अनुरोध पत्र हस्तान्तरण गरेका थिए । 

ओलीले फागुन २३ गते दिउँसो २ बजे प्रदेशसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । यसअघि प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेश सभालाई पनि विशेष सम्बोधन गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top