ट्रेण्डिङ

होमपेज / समाज

मप विश्वविद्यालयका स्नातक र स्नातकोत्तर तहका विद्यार्थीलाई अवसर

नेपालगाथा २०८१ फाल्गुण १७ गते शनिबार २०:५६:३८ मा प्रकाशित

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयले सबै ग्य्राजुएट स्कुलहरुमा सञ्चालित स्नातक तहमा सन् २०१८ र स्नातकोत्तर तहमा सन् २०२१ मा भर्ना भई विश्वविद्यालयले प्रदान गरेको निर्धारित समयभित्र उत्तिर्ण हुन नसकेका विद्यार्थीहरुलाई सन् २०२५ जुन २४ भित्र परीक्षा सम्बन्धीका सम्पूर्ण कार्यक्रम सम्पन्न गर्न अवसर दिने निर्णय गरेको छ । 

विश्वविद्यालय प्राज्ञिक परिषद् स्थायी समितिको फागुन १ गते बसेको ३२औं बैठकले यो निर्णय गरेको जनाइएको छ । निर्णयमा भनिएको छ, ‘परीक्षा सम्बन्धी सम्पूर्ण कार्यहरु आन्तरिक तथा बाह्य परीक्षा, परियोजना कार्य, प्रयोगात्मक कार्य र शोधकार्य मध्ये कुनै वा सबै पूरा उत्तिर्ण गर्न नसकेका वा अन्य कारणले छुटेका विद्यार्थीहरुलाई सम्पन्न गर्न समय प्रदान गरिएको सदस्य सचिव प्राडा यमबहादुर कार्कीद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ । 


 

प्रतिक्रिया

सम्बन्धित खवर

Top