होमपेज / समाज
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कुनै पनि विकास युवा पुस्ताको मनोविज्ञान बुझेर गर्नुपर्ने बताए । आज वीरेन्द्रनगर नगरपालिकाले आयोजना गरेको ग्रेटर घण्टाघर निर्माण सम्बन्धी छलफललाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मविकासमा युवा पुस्ताको सहभागितासँगै उनीहरूको चाहना अनुसार हामीले गर्ने विकासमा ध्यान दिन सकेमात्र दिगो विकास हुने बताए ।
वीरेन्द्रनगर नगरपालिका कर्णाली प्रदेशकै केन्द्र भएकाले यहाँ हुने हरेर विकास निर्माणको अनुसरण अन्य पालिकाहरूले गर्ने हुँदा यहाँ हुने विकास जनभावना अनुसार दिगो र वातावरण मैत्री हुनुपर्ने कुरामा मुख्यमन्त्री कँडेलको जोड थियो । वीरेन्द्रनगरका सार्वजनिक जमिन अहिले मात्र नभएर आउने पुस्ताका लागि भएकाले यहाँ गरिने निर्माणका कार्य सोच विचार गरेर आउने पुस्ताले पनि उपभोग गर्ने गरी बचाएर राख्दिनु हाम्रो दायित्व भएको मुख्यमन्त्री कँडेलले बताए।
जनप्रतिनिधिहरूले कम लागतमा राम्रो गुणस्तर सहितको संरचना बनाउने तिर ध्यान दिनुपर्ने मुख्यमन्त्री कँडेलकाे जाेड थियाे । वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकालको अध्यक्षतामा सञ्चालित कार्यक्रममा प्रदेशसभा सदस्य जानकी सिंह, निर्वाचित जनप्रतिनिधि, राजनीतिका दलका प्रतिनिधि र उद्योग वाणिज्य सङ्घका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
.jpg)