ट्रेण्डिङ

होमपेज / समाज

नेपाली सेना २६२औं वार्षिकोत्सव मनाउँदै

नेपालगाथा २०८१ फाल्गुण १४ गते बुधबार १३:०२:११ मा प्रकाशित

काठमाडौं । महाशिवरात्री तथा नेपाली सेना स्थापनाको २६२ औं वार्षिकोत्सबको अवसरमा नेपाली सेनाद्वारा आयोजना गरिएको सेना दिवस २०८१ को उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा सैनिक कला प्रदर्शनी विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल सरिक भएका छन् ।

सो अवसरमा नेपाली सेनाले राष्ट्रपति पौडेलको सम्मानमा सलामी अर्पण गरेको छ। राष्ट्रपति पौडेल नेपाली सेनाका परमाधिपति हुन् । नेपाली सेनाले सैनिक मञ्चमा मार्चपास, हेलिकप्टरबाट पुष्पगुच्छा अर्पण गर्नुका साथै राइफल र तोपबाट महाशिवरात्री बढाइं तथा कवाज प्रस्तुत गरेको थियो ।

समारोहमा सेनाले विभिन्न रणकौशल, मार्चपास तथा परम्परागत वेशभुषा झल्कने विविध कला, नृत्य र सङगीतको धुन प्रदर्शन गरेको थियो । साथै नेपाली सेनाले शान्ति मिसनमा प्रयोग गर्दै आएको विभिन्न सवारी साधन, उपकरण र हतियार प्रदर्शन गरेको थियोे ।

सो अवसरमा राष्ट्रपति पौडेलले नेपाली सेनाले प्रकाशन गरेको सिपाही पत्रिका विमोचन गर्नुका साथै प्रदर्शनीमा उत्कृष्ट व्यक्तिहरुलाई पुरस्कार प्रदान गरेका थिए । साथै उहाले मित्रराष्ट्र भारत, बेलायत र अमेरिकाका ब्याण्ड टिम प्रमुखलाई उपहार प्रदान गरे । कार्यक्रममा भारत, वेलायत र अमेरिकी सैनिक व्याण्डबाट समेत ब्याण्ड प्रदर्शनी गरिएको थियोे ।

कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश लगायतका उच्चपदस्थ पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top