ट्रेण्डिङ

होमपेज / समाज

एमफिल लिडिङ टु पिएचडी कार्यक्रमको पाठ्यक्रम प्रवाेधीकरण सम्पन्न

नेपालगाथा २०८१ फाल्गुण १३ गते मंगलबार १९:०१:०५ मा प्रकाशित

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय, ग्य्राजुएट स्कुल अफ ह्युमानिटिज एण्ड सोसल साइन्सेस डीन कार्यालयको आयोजनामा एमफिल लिडिङ टु पिएचडी कार्यक्रम सञ्चालनको लागि विषय विज्ञहरुद्वारा तयार पारिएको प्रथम सेमेष्टरको विभिन्न विषयहरुको पाठ्यक्रम प्रवाेधीकरण कार्यक्रम सम्पन्न भएकाे छ ।

पाठ्यक्रम निर्माणकर्ताहरुबाट निमार्ण गरिएको पाठ्यक्रम मध्यपश्चिम विश्वविद्यालय प्राज्ञिक परिषद्ले स्वीकृत गरिसकेको हुँदा यसको बारेमा जानकारी गराउन ग्य्राजुएट स्कुलका डीन सह प्रा.डा. लीलाधर तिवारीले स्वीकृत पाठ्यक्रमलाई कार्यक्रममा प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा विभिन्न विषयका विषय विज्ञहरूद्वारा पाठ्यक्रममाथि महत्वपूर्ण सुझावहरु दिएका छन् ।

प्रवाेधीकरण कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. पद्मलाल देवकोटा, विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. शोभाखर कंडेलसहित विश्वविद्यालयका डीनहरू, कार्यकारी निर्देशकहरू, विभागीय प्रमुखहरू तथा विषय समितिका अध्यक्षहरूले पाठ्यक्रममाथि टिप्पणी सहित विभिन्न रचनात्मक सुझावहरु दिएका थिए ।

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. ध्रुवकुमार गौतमको प्रमुख आतिथ्यता तथा डीन सह प्रा.डा. लीलाधर तिवारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमकाे सञ्चालन सह प्रा.डा. आनन्दप्रसाद सुवेदीले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top