होमपेज / समाज
मनोज बोहरा, सुर्खेत । चैतलो पर्वको अवसरमा काठमाडौंको तिनकुनेमा देउडा खेल प्रतियोगिता सम्पन्न भएको छ। ठेहे उदयमान युवा क्लबको आयोजनामा "रैथाने संस्कृति जगेर्नामा युवाको भूमिका" शीर्षकमा उक्त प्रतियोगिता सञ्चालन भएको हो।
हिमाली जिल्ला हुम्लाको ठेहे र सिमकोटमा पुस्तौदेखि फागुन १२ गते मनाउँदै आएको चैतलो पर्वलाई प्रचार प्रसारका साथै जगेर्ना गर्ने हेतुले संघीय राजधानी काठमाडौंमा मनाएको आयोजकले बताएको छ। ६ वटा टिमको सहभागिता रहेको प्रतियोगितामा दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो। जसमा ठेहे हुम्ला देउडा समाज, ठेहे उदयमान युवा क्लव, हुम्ला सर्केगाड देउडा समाज, कालीकोट देउडा समाज, हुम्ला अदानचुली देउडा समाज र सुदुर कर्णाली देउडा संस्कृति संरक्षण समाजको उपस्थिति थियो।
.jpg)
सहभागी टिम मध्ये प्रथम आयोजक ठेहे उदयमान युवा क्लव, द्वितीय सुदूर कर्णाली देउडा संस्कृति संरक्षण समाज भएको क्लवका पूर्व सचिव उपेन्द्र भण्डारीले बताए। प्रथम र द्वितीय हुने टिमलाई क्रमश ५ हजार ५ सय ५५ नगर सहित प्रशंसा पत्र र ३ हजार ३ सय ३३ नगद सहित प्रशंसा पत्र प्रदान गरिएको जानकारी प्राप्त भएको छ। हुम्ला जिल्लाका उदयमान कलाकार नवराज भण्डारी सहितको टिमलाई सम्मान गरिएको भण्डारीले बताए।
.jpg)
क्लवका वरिष्ठ सदस्य सारीका बोहराको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध) ले गरेका थिए। साथै कार्यक्रममा नेकपा एमाले हुम्लाका नेता प्रकाश सुनार, नेकपा माओवादी केन्द्रका जिल्ला पार्टी सचिव धर्मराज बोहरा (विज्ञान) , सोही पार्टीका प्रदेश सदस्य जस बहादुर भण्डारी , गाउँका बुद्धिजीवी गोरख बहादुर विष्ट लगायतको उपस्थिति रहेको थियो