ट्रेण्डिङ

होमपेज / समाज

प्रेस चौतारी वागमतीको अध्यक्षमा रिमाल

नेपालगाथा २०८१ फाल्गुण १२ गते सोमबार १२:५५:४९ मा प्रकाशित

चितवन। प्रेस चौतारी नेपाल वाग्मती प्रदेशको दोस्रो जिल्ला अधिवेशनबाट तिलकराम रिमालको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको छ । जसको उपाध्यक्षमा प्रज्वल पौडेल र तारादेवी बस्नेत चुनिनुभएको छ । यस्तै महासचिवमा प्रकाश दाहाल निर्वाचित हुनुभएको छ भने कोषाध्यक्षमा रामशरण दुलाल निर्वाचित हुनुभएको छ ।

यसैगरी सचिव गोविन्द घिमिरे, भोला पौडेल, लक्ष्मण घिमिरे, रूपक कोइराला, नवराज श्रेष्ठ र जगत तामाङ चुनिनु भएको छ । नवनिर्वाचित समितिलाई प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले शपथग्रहण गराउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top