होमपेज / समाज
काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राज्यले कर्णालीकाे महत्वलाई बुझ्न नसकेकाे बताएका छन् । बालुवाटारमा शनिबार प्रजातन्त्र सेनानी संघका प्रतिनिधिहरुसँगको चियापान समारोह कार्यक्रममा बोल्दै उनले राज्यले कर्णालीलाई जति महत्व दिनुपर्ने थियो त्यो हिसाबले नदिएको बताए ।
उनले भने, ‘राज्यले कर्णालीलाई हेरिरहेको छैन । राज्यले जसरी हेर्नुपर्ने त्यसरी हेरेको छैन । त्यहाँ हाइड्रो पावरको त्यस्तै राम्रो छ । होमस्टे, जडिबुटिको लागि उतिकै राम्रो छ । तर जडिबुटि त्यहाँबाट ल्याएर इन्डिया, चाइना पठाएर मात्र हुँदैन । त्यहाँ प्रशोधन गर्न राज्य लाग्नुपर्यो । यार्सागुम्बा प्रशोधन गर्न सक्छौँ । कर्णालीमा धेरै छ ।’
यसैगरी, उनले कांग्रेस कमजोर हुँदै गएको र त्यसलाई बचाउनुपर्ने जिम्मा प्रजातन्त्र सेनानीको रहेको पनि बताए । ‘नेपाली कांग्रेस तपाईंहरु प्रजातन्त्र सेनानीहरुदले बचाउनु भएको हो । तपाईंहरु नै हो अब नेपाली कांग्रेसको खम्बा, नेपाली कांग्रेस कमजोर हुँदैछ । अत्यन्त अप्ठ्यारो परिस्थीतिमा नेपाली कांग्रेस छ । उनले प्रजातन्त्र सेनानीका प्रतिनिधिहरुलाई महाधिवेशन र राज्यको प्रतिनिधित्व गर्ने ठाँउमा ल्याउन सहयोग गर्ने पनि बताए ।