ट्रेण्डिङ

होमपेज / समाज

स्ववियु निर्वाचनको तालिका सार्वजनिक

फागुन २७ गते उम्मेदवारी मनोनयन

नेपालगाथा २०८१ फाल्गुण १० गते शनिबार ०९:२१:१३ मा प्रकाशित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यातालिका सार्वजनिक गरेको छ । त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले आगामी चैत ५ गते निर्वाचन हुनेगरी कार्यतालिका सार्वजनिक गरेको हो ।

त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार फागुन १९ गते दिउँसो ३ बजेसम्म संघ/संगठन/समूह दर्ता, २१ गते मतदाता सूची प्रकाशित र २५ गते दिनको १ बजेसम्म मतदाता सूचीउपर दाबी विरोध गर्ने समय छुट्याइएको छ । सोही दिन बेलुका ५ बजेसम्म मतदाता सूचीउपरको दाबी विरोधमा छानबिन गरी अन्तिम नामावली प्रकाशन गरिने छ ।

त्यस्तै, २६ गते उम्मेदवारको लागि मनोनयन वितरण, २७ गते मनोनयन दाखिला र उम्मेदवारको नामावली प्रकाशन गर्ने समय छुट्याइएको छ । २८ गते उम्मेदवारको नामावलीउपर दाबी विरोध गर्ने, सोही दिन दाबी विरोध छानबिन गरी नामावली प्रकाशन गरिने, २९ गते उम्मेदवारी फिर्ता लिने अन्तिम समय तोकिएको छ । दुवै तर्फको उम्मेदवारी फिर्ता लिने अन्तिम सकिएसँगै सोही दिन नामावली प्रकाशन गरिनेछ ।

हेर्नुहाेस् तालिका

प्रतिक्रिया

सम्बन्धित खवर

Top