ट्रेण्डिङ

होमपेज / समाज

अरुकाे भर नपराैं, आफ्नो देश आफैँ बनाउनेतर्फ लागाैं - महासचिव पाेखरेल

नेपालगाथा २०८१ फाल्गुण ९ गते शुक्रबार १९:२८:२७ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्नो देश आफैँ बनाउनुपर्ने बताउनुभएको छ । सामाजिक सञ्जाल फेसबुक मार्फत पोखरेलले आफ्नो देश आफैँ बनाउने अभियानमा लाग्न सबैलाई आह्वान गर्नुभएको छ ।

विदेशी अनुदानको झण्डै ७० प्रतिशत हिस्सा सम्बन्धित देशमा नै फर्कन भएकोले विदेश अनुदान लिएर मात्र देश नबन्ने उहाँले स्पष्ट पार्नुभएको छ । 

गरिब माथि हुने अपमानबाट जोगिन पनि आफ्नो देश आफै बनाउनु पर्नेमा उहाँको जोड छ । ‘गरिबी माथिको अपमानबाट जोगिन आफ्नो देश आफै बनाउने अभियानमा जुटौँ र भनौँ–हामी बनाउँछौँ हाम्रो देश नेपाल’, पोखरेलले लेख्नुभएको छ । 

पोखरेलले नेपाललाई अनुदान दिएको भनिएको रकम फ्रड भनेर  अमेरिकी राष्ट्रपतिले गरेको टिप्पणी प्रति पनि आपत्ति जनाउनुभएको छ । ‘विदेशी अनुदानका कार्यक्रमको झण्डै ७० प्रतिशत हिस्सा सम्बन्धित मुलुकमा फर्कने गरेको तथ्य विभिन्न अध्ययनले देखाएका छन्, त्यस्ता अनुदानलाई अमेरिकी राष्ट्रपतिले फ्रड भनेका हुन् भने त्यसको नैतिक दायित्व पनि ती मुलुकै होला नि’, उहाँले लेख्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top