ट्रेण्डिङ

होमपेज / समाज

सामाजिक सञ्जालमा देखापरेकाे विकृति विश्वका लागि नै चुनौती - राजेन्द्र गौतम

नेपालगाथा २०८१ फाल्गुण ७ गते बुधबार २१:५७:०२ मा प्रकाशित

काठमाडौं । नेकपा (एमाले) स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले सामाजिक सञ्जालमा जसले जे लेखिदिए पनि हुने प्रवृत्ति विश्वका लागि निकै चुनाैती भएको बताएका छन् ।

काठमाडौंमा प्रेस चौतारी नेपाल एशोसियट प्रदेश समितिको दोस्रो अधिवेशनको आज उद्घाटन समारोहमा बोल्दै प्रेस चौतारी नेपालका इञ्चार्ज समेत रहेका गौतमले सामाजिक सञ्जालमा लेखेको कुराको कसैले पनि जिम्मा लिनु नपर्ने स्थिति बनेको बताएका हुन् । पत्रकारिता क्षेत्रको लागि पनि यो विषय निक्कै चुनौतीपूर्ण भएको धारणा राखे ।

सामाजिक सञ्चालनमा आएको विकृति नेपालको लागि मात्र होइन विश्वको लागि नै चुनौती बनिरहेको गौतमले बताए । त्यसैले यसलाई नियमन र नियन्त्रण गर्नुपर्ने उनको धारणा छ । सरकारले ल्याएको सामाजिक सञ्जाल नियमन गर्ने विधेयक यस अर्थमा सही भएको गौतमको भनाइ छ ।

सामाजिक सञ्जाललाई स्वच्छ राजनीतिक बहसको थलो बनाउनु पर्ने उनको धारणा छ । सामाजिक सञ्जालमा कुनै पनि विषयमा आफ्नो धारणा राख्ने गरेको नपाइएको उहाँको भनाइ छ । अहिले सामाजिक सञ्जाल फोटा राख्ने र गाली गर्ने थलो मात्रै भएका उनले बताए । राजनीतिलाई स्वच्छ र मर्यादित बनाउनु पर्नेमा उनले जोड दिएका छन् । राजनीतिक विषयमा खुल्ला बहस गर्नुपर्ने गौतमको धारणा छ । ‘राजनीति देशको मूल नीति हो, राजनीति बिनाको जीवन परिकल्पना गर्न सकिँदैन, विचार विनाको स्वतन्त्रताले कुनै अर्थ राख्दैन’, उनले भने ।

गौतमले नेपाली पत्रकारितामा अहिले नलेख्ने पत्रकारहरूको भिड बढी भएको बताए । यस्तो अवस्थामा प्रेस चौतारी आबद्ध पत्रकारहरूले आफ्नो भूमिकालाई थप बढाउनु पर्ने पनि गौतमको सुझाव छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top