ट्रेण्डिङ

होमपेज / समाज

वर्तमान संविधान निर्माणको एउटा महत्वपूर्ण जग २००७ सालको क्रान्ति - मुख्यमन्त्री कडेल

राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ को शुभकामना 

नेपालगाथा २०८१ फाल्गुण ७ गते बुधबार १२:१४:२४ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले वर्तमान संविधान निर्माणको एउटा महत्वपूर्ण जग २००७ सालको क्रान्ति भएकाे बताउनुभएकाे छ । राष्ट्रिय प्रजातन्त्र दिवस,२०८१ को अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गर्नुहुँदै मुख्यमन्त्री कडेलले आजकाे यस ऐतिहासिक दिनमा प्रजातन्त्र स्थापनार्थ आफ्नो अमूल्य जीवन बलिदान गर्नुहुने अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली समेत अर्पण गर्नुभएकाे छ।

राजनीतिक परिवर्तनका लागि विभिन्न समयमा भएका आन्दोलनका सहिद परिवार, बेपत्ता, घाइते एवम् अङ्गभङ्ग हुनुभएका व्यक्तित्वहरू, आन्दोलनमा अगुवाइ गर्ने अग्रजहरूप्रति सम्मान व्यक्त गर्दै जनसमुदाय, नागरिक समाज, राजनीतिक कार्यकर्ताहरू एवम् सबै क्षेत्र र वर्ग समुदायको योगदानको उच्च प्रशंसा गर्दछु शुभकामना सन्देशमा भनिएकाे छ ।

राज्यशक्तिको स्रोत जनता मात्र हुन् र मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्दछ भन्ने मान्यतालाई जनताको संघर्ष तथा सहिदको बलिदानबाट स्थापित गरेको हुनाले आजको दिन नेपालको इतिहासमा गौरवपूर्ण छ भन्दै मुख्यमन्त्री कडेलले आजको यस दिनले हामी सबैलाई लोकतान्त्रिक मूल्य, मान्यताहरु अवलम्वन गर्दे जनताका अपेक्षाहरु पूरा गर्ने दिशामा अघि बढ्न प्रेरित गर्नेछ भन्ने विश्वास लिएको जनाउनुभएकाे छ ।

मुख्यमन्त्री कडेलले लामो संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना र जनता आफैले बनाएको उल्लेख गर्दै प्रजातन्त्र स्थापनाका लागि भएका संघर्षको मार्गदर्शनस्वरुप नेपालको वर्तमान संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई अङ्गीकार गर्दै न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको बताउनुभएकाे छ ।                                                                                                                               

प्रतिक्रिया

सम्बन्धित खवर

Top