ट्रेण्डिङ

होमपेज / समाज

विश्वविद्यालयका पदाधिकारी तथा LUPIC परियोजनाका प्रतिनिधि बीच भेटवार्ता

नेपालगाथा २०८१ फाल्गुण ६ गते मंगलबार २२:४६:५४ मा प्रकाशित

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. ध्रुवकुमार गौतम, रजिष्ट्रार प्रा.डा. शोभाखर कँडेललगायत पदाधिकारीहरु तथा दक्षिण कोरिया स्थित छाङवोन नेशनल युनिभर्सिटी अन्तर्गतको लीडिङ युनिभर्सिटी प्रोजेक्ट फर इन्टरनेशनल कोअपरेशन (LUPIC) का निर्देशक प्रा.डा. जंग डाएयोङ तथा LUPIC परियोजनाका प्रोजेक्ट म्यानेजर किम यूनयोङ बीच भेटवार्ता सम्पन्न भएको छ ।

भेटवार्तामा हाल विश्वविद्यालयमा संचालित विशेष आवश्यकता शिक्षा कार्यक्रमको दिगोपन र प्रभावकारिता सम्बन्धमा छलफल हुनुका साथै भावी दिनमा हुनसक्ने सम्भावित शैक्षिक सहकार्यबारे छलफल भएको थियो ।

कार्यक्रममा ग्य्राजुएट स्कुल अफ एजुकेसनका डीन प्रा.डा. यमबहादुर कार्की, ग्याजुएट स्कुल अफ ह्युम्यनिटिज एण्ड सोसल साइन्सेसका डीन सह-प्रा.डा. लीलाधर तिवारी, ग्य्राजुएट स्कुल अफ एजुकेसन अन्तर्गत रहेका विभिन्न विभागका विभागीय प्रमुखहरु, प्राध्यापक तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top