ट्रेण्डिङ

होमपेज / समाज

“मध्यपश्चिम विश्वविद्यालय र विश्वविद्यालय स्थापनार्थ विभिन्न समिति तथा कार्यदलहरु बीच छलफल तथा अन्तरक्रिया सम्पन्न”

नेपालगाथा २०८१ फाल्गुण ६ गते मंगलबार २२:३२:३१ मा प्रकाशित

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयद्वारा आयोजित विश्वविद्यालय स्थापनार्थ योगदान गर्नुभएका विभिन्न समिति तथा कार्यदलहरु बीच छलफल तथा अन्तरक्रिया कार्यक्रम म‌ंगलबार सम्पन्न भएको छ ।

मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयस्थित सेमिनार हलमा आयोजित उक्त कार्यक्रममा उपस्थित महानुभावहरुले मध्यपश्चिम विश्वविद्यालयको स्थापनाकालको संघर्ष र क्षणहरु सम्झिदै विश्वविद्यालयको समग्र विकास र स्थापनाको उद्देश्य अनुरुप विश्वविद्यालयलाई अगाडि बढाउनुपर्नेमा सम्बन्धित सबैको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका अध्यक्ष एवं उपकुलपति प्रा.डा. ध्रुवकुमार गौतमले कार्यक्रममा बोल्नुहुँदै विश्वविद्यालय स्थापनाका क्रममा अमूल्य सहयोग गर्नुहुने सम्पूर्णलाई सम्झिदै‌ सरोकारवाला सबै बीच समन्वय र सहकार्य सहित विश्वविद्यालयलाई सबैको साझा संस्थाको रुपमा अगाडि बढाउने कुरा उल्लेख गर्नुभयो ।

कार्यक्रममा मौदगल्य सेवा समाज, सुर्खेतका महासचिव नवराज कोइरालाज्यू, मध्यपश्चिम विश्वविद्यालय स्थापना मूल समितिका अध्यक्ष भुषण कुमार मानन्धरज्यू, नेपाल सरकारका पुर्व स्वास्थ्य राज्य मन्त्री नवराज रावतज्यू र मध्यपश्चिम विश्वविद्यालयका प्रथम उपकुलपति प्रा. डा. पदमलाल देवकोटाज्यूले मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य ग्र्याजुएट स्कुल अफ म्यानेजमेन्टका डीन प्रा.डा. दीप बहादुर रावलज्यूले प्रस्तुत गर्नुभएको थियो भने मध्यपश्चिम विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. शोभाखर कँडेलले सम्पूर्ण उपस्थित महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । 

कार्यक्रममा विश्वविद्यालयका पदाधिकारीज्यूहरु, विश्वविद्यालय स्थापनार्थ गठित विभिन्न समिति तथा कार्यदलका सदस्यज्यूहरु, प्राध्यापक, कर्मचारी तथा पत्रकार लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकरण रजिष्ट्रार कार्यालयका सदस्य उप-प्रा.डा. यदुप्रसाद ज्ञवालीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top