ट्रेण्डिङ

होमपेज / समाज

पेट्रोलको मूल्यमा वृद्धि, डिजेल र मट्टितेलमा गिरावट

नेपालगाथा २०८१ फाल्गुण ४ गते आइतबार ००:२२:०१ मा प्रकाशित

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ बढाएकाे छ भने डिजेल तथा मट्टितेलको मूल्य ४ रुपैयाँ घटाएको छ ।

इन्डियन आयल कर्पोरेशनले पठाएको नयाँ खरिद मूल्यसूची अनुसार शनिबार पेट्रोलको ५८ पैसा बढेर र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ ५९ पैसा घटेर आएकाले सोहीअनुसार मूल्य समायोजन गरिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नयाँ मूल्य आइतबारदेखि लागू हुनेछ । नयाँ मूल्यअनुसार काठमाडौंमा पेट्रोलको १६८ रुपैयाँ र डिजेल र मट्टितेलको १५६ रुपैयाँ प्रतिलिटर पर्ने निगमले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top