ट्रेण्डिङ

होमपेज / समाज

'प्रदेश निजामती सेवा ऐन २०८०' संशोधन गर्ने निर्णय

नेपालगाथा २०८१ माघ ३० गते बुधबार २२:२८:२५ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेश सरकारले बुधबार बसेको मन्त्रीपरिषद् बैठकले प्रदेश निजामती सेवा ऐन २०८० लाई संशोधन गर्ने निर्णय गरेको छ । कर्णाली प्रदेश सरकारका प्रवक्ता विनोद शाहका अनुसार परिमार्जित विधयकलाई पेश गर्ने र परामर्शका लागि प्रदेश लोक सेवा आयोगमा पठाइनेछ । सरकारले २९ असाेज २०८० मा कर्णाली प्रदेश निजामती सेवा ऐन लागू गरेकाे थियाे ।

बैठकले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको कायममुकायम सचिवमा बरिष्ठ बाली संरक्षण अधिकृत दशाैं परशुराम रावतलाई जिम्मेवारी दिने निर्णयसमेत गरेको प्रवक्ता शाहले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top