ट्रेण्डिङ

होमपेज / समाज

आहा रारा पोखरा गोल्डकपको फाइनलमा नेपाल पुलिस क्लब

नेपालगाथा २०८१ माघ ३० गते बुधबार २०:५६:५१ मा प्रकाशित

पोखरा । २४औं आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको नेपाल पुलिस क्लब फाइनलमा पुगेको छ । बुधबार पोखरा रंगशालामा चर्च ब्वाइज युनाइटेडलाई १–० ले पराजित गर्दै पुलिस क्लव उपाधि नजिक पुगेको हो ।

पुलिस आहा राराको सर्वाधिक उपाधि जित्ने टोली मध्ये एक हो । पुलिस र मनाङ मस्र्याङ्दी क्लबले समान ६ पटक पोखरा उपाधि जितेको छ । पुलिस पछि मनाङ सर्वाधिक १० पटक फाइनल खेल्ने टोली हो ।

पुलिसले थ्री स्टार क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीबीचको विजेतासँग शनिबार फाइनल खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top