ट्रेण्डिङ

होमपेज / समाज

संगठनमा एकले अर्काको खुट्टा तान्ने काम गर्नु हुँदैन - अध्यक्ष बस्नेत

नेपालगाथा २०८१ माघ २९ गते मंगलबार १६:०६:०९ मा प्रकाशित

काठमाडौं । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले संगठनमा एकले अर्काको खुट्टा तान्ने काम गर्नु नहुने बताउनुभएको छ । सोमबार प्रेस चौतारी नेपाल रुपन्देहीको जिल्ला अधिवेशन उद्घाटन कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै बस्नेतले संगठनमा कामको आधारमा मूल्याङ्कन हुने पर्ने बताउनुभयो । काम नगर्ने मानिसहरूलाई माथि लैजाने कुरालाई पार्टी र संगठनमा रोक्नु पर्ने बस्नेतको धारणा छ । 

प्रेस चौतारी नेपाल गरिखानेको हितमा काम गर्ने संस्था भएको बताउँदै बस्नेले प्रेस चौतारीका सदस्य पनि गरिखाने खालका हुने पर्नेमा जोड दिनुभयो । प्रेस चौतारीमा रहेका कतिपय सदस्यहरूलाई कस्तुरीले आफ्नै बास्ना थाहा नपाएका जस्ता भएका बस्नेतले बताउनुभयो । ‘हामी गरिखाने वर्गलाई लात हानेर, ठगी खानेको पक्षमा वकालत गर्न सक्दैनौँ’, उहाँले भन्नुभयो । 

बस्नेतले पत्रकारले झुटको खेती गर्नु नहुने बताउनुभयो । मिस र डिस इन्फरमेसनले नेपाली समाजलाई कता लैजाँदै छ भन्ने कुरामा नेपाली पत्रकारिता गम्भीर हुनु पर्नेमा उहाँले जोड दिनुभयो । ‘उहाँले पत्रकारले तथ्यका आधारमा सत्यलाई स्थापित गर्नुपर्ने बताउनुभयो । हामीले घर झगडा गराउने होइन, नेपाली सञ्चारमाध्यमले समाजलाई बाटो देखाउने काम गर्नुपर्छ, समृद्ध नेपालको आधार खडा गर्न सहयोग गर्नुपर्छ’, बस्नेतले भन्नुभयो । 

बिपी कोइराला र मदन भण्डारीले देख्नु भएको सपना समाजवादको सपना नै भएको उहाँले बताउनुभयो । त्यसैले नेपालको अबको गन्तव्यको समाजवाद तर्फ उन्मुख हुनु पर्ने र त्यसमा पत्रकारले सहयोग गर्नुपर्नेमा उहाँको जोड छ । 

सोसल मिडिया र सार्वजनिक मिडिया बिच फरक रहेको बताउँदै बस्नेतले सोसल मिडिया नियमन सम्बन्धी विधेयकसँग सार्वजनिक मिडियाको कुनै सरोकार नरहेको उहाँले बताउनुभयो । सामाजिक सञ्जालमा देखिएको विकृतिलाई नियन्त्रण गर्नै पर्नेमा उहाँले जोड दिनुभयो । सामाजिक सञ्जाल नियमन विधेयक पढेर मात्र विरोध जनाउन पनि उहाँले आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top