ट्रेण्डिङ

होमपेज / समाज

पूर्वडीआईजी छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

नेपालगाथा २०८१ माघ २९ गते मंगलबार १२:१०:४२ मा प्रकाशित

रूपन्देही। पूर्वडीआईजी छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत रूपन्देहीले आदेश दिएको छ ।

सुप्रीम सहकारी ठगी प्रकरणमा आज जिल्ला न्यायाधीश वशिष्ट कुमार घिमिरेको इजलासले जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । जोशी आज अदालतमा उपस्थित भएका थिए ।

सरकारको तर्फबाट जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेल र सहायक न्यायाधिवक्ता गोकर्णराज घिमिरेले बहस गरेका थिए भने जोशीको तर्फबाट अधिवक्ता मनोजकुमार चौधरी र अपुर्व खतिवडाले बहस गरेको थिए।

यसअघि अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई एक करोड धरौटीमा रिहा गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top