होमपेज / समाज
काठमाडौं । प्रेस चौतारी नेपाल चितवन शाखाको ८औँ अधिवेशनबाट शनिबार सुवास पण्डितको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन भएको छ । उपाध्यक्षमा रामकान्त पौडेल र सविना लामिछाने निर्वाचित भएका छन् ।
यसैगरी, सचिवमा लक्ष्मण गौतम, सहसचिवमा हीरालाल आचार्य र प्रतिमा तामाङ र कोषाध्यक्षमा बद्री अर्याल निर्वाचित भएका छन् । सदस्यहरूमा सुनिल पौडेल, पूजा ढकाल, सगुन चपाईँ, नीराजन घिमिरे, भाग्यश्वरी गायक र सबिता दराई निर्वाचित भएका छन् ।
केन्द्रीय प्रतिनिधिमा रामबाबु सुवेदी, कृष्ण गिरी, होमनाथ सापकोटा र रविना पौडेल चुनिएका छन् । प्रदेश प्रतिनिधिमा रामेश्वर रिजाल, कृष्ण आचार्य, अमिर रामदाम, र शान्ता अधिकारी निर्वाचित भएका छन् ।