ट्रेण्डिङ

होमपेज / समाज

लेप्रोसी तथा अपाङ्गता स्वास्थ्य शिविर सम्पन्न 

नेपालगाथा २०८१ माघ २६ गते शनिबार १२:३८:१५ मा प्रकाशित

सुर्खेत । साईनिङ अस्पताल आईएनएफ सुर्खेतले हरियो खर्क अस्पताल  आईएनएफ पोखरासँगको सहकार्यमा लेप्रोसी तथा अपाङ्गता स्वास्थ्य शिविर यही माघ २४ र २५ गते सुर्खेतमा सम्पन्न गरेको छ । हरियो खर्क अस्पताल आईएनएफ पोखराका पलाष्टिक सर्जन विशेषज्ञ डाक्टर सुरज महर्जनको नेतृत्वमा शिविर सम्पन्न भएको हो । 

उक्त अवसरमा स्थानिय सरकार, स्वास्थ्य संस्था र साईनिङ अस्पताल आईएनएफ सुर्खेतले संयुक्त रुपमा संचालन गरेको स्क्रिनिङ्ग क्यापमा पहिचान भएका विभिन्न पालिकाका २६ जना अपाङ्गता भएका व्यक्तिहरुले शिविरबाट सेवा प्राप्त गरेका छन् ।

सहभागीहरुले स्वास्थ्य शिविरमा उनीहरुले मनोपरामर्शदाताबाट मानोपरामर्श सेवा, फिजियो थेरापिष्ट र अकुपेशानल थेरापिष्टबाट थेरापी सेवा, प्रोथेसिस अर्थोसिस प्राविधिकबाट कृतिम अंग निर्माण सहयोग, सहायक सामग्री निर्माण तथा व्हिल्चियर एसेम्बलरबाट सहायक सामग्री निर्माण तथा मर्मत सेवा प्राप्त गरेका छन् ।   

हरियो खर्क अस्पताल आईएनएफ पोखरामा लेप्रोसी तथा अपाङ्गता विभाग प्रमुख पलाष्टिक सर्जन विशेषज्ञ डाक्टर सुरज महर्जनले अपाङ्गता भएका व्यक्तिहरुले बेलैमा सही उपचार पाउन सके उनीहरुको अपाङ्गताको अवस्थामा धेरै सुधार गर्न सकिनुका साथै उनीहरुको कार्यगत क्षमतामा वृद्धि गर्न सकिने बताउनुभयो ।   

कर्णाली तथा सुदूरपश्चिममा अपाङ्गता भएका व्यक्तिहरुको संख्या अधिक रहेको, आर्थिक तथा सामाजिक कारणले उनीहरुले बेलैमा उचित स्वास्थ्य सेवा प्राप्त गर्न नसकेको हुँदा साईनिङ अस्पताल आईएनएफ सुर्खेतले सरकारी, व्यक्तिगत र कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गतको सहयोग लिएर कार्य गर्न सल्लाह दिदै डाक्टर महर्जनले आफूले पनि विभिन्न सहयोगी निकायसँग समन्वय गरी सुर्खेतममा सहयोग पुर्याउने बताउनुभयो । 

यसै क्रममा साईनिङ अस्पताल आईएनएफ सुर्खेत,  पहुँच तथा समावेशीकरण परियोजनाका परियोजना अधिकृत लोकप्रसाद गौतमले सुर्खेतमा स्थानीय सरकारले आईएनएफले गर्दै आएको सेवाभाव सहितको उत्कृष्ट कार्यको कदर गर्दै पारियोजना र परियोजनाका क्रियाकलाप कार्यान्वनमा आर्थिक साझेदारी, सहकार्यका साथ अभिभावकीय भूमिका प्रदान गरिरहेको बताउनुभयो ।

फिस्टुला सेन्टरका शाखा प्रमुख कान्ताप्रसाद सुवेदीले पलाष्टिक सर्जन डक्टर सुरज महर्जनको उपस्थितिले साईनिङ अस्पताल आईएनएफ सुर्खेतका कर्मचारीले धेरै कुरा सिक्न पाएको र सेवा ग्राहीलाई साईनिङ अस्पतालले सुलभ रुपमा सेवा दिन सकेको बताउनुभयो । 

कार्यक्रममा नर्सिङ्ग इन्चार्ज हेमा चौधरीले डक्टर सुरजको उपस्थिति र शिविरले कार्यरत प्राविधिक टिममा हौसल्ला, सेवा गर्ने प्रेरणा र प्राविधिक ज्ञान आभिवृद्धि हुनुका साथै साईनिङ अस्पतालले आफ्नो सेवालाई विस्तार गर्नुपर्ने धारण राख्नुभयो ।  

साइनिङ अस्पताल आइएनएफ सुर्खेतले पहुँच तथा समावेशीकरण परियोजना मार्फत पञ्चपुरी, वीरेन्द्रनगर, गुर्भाकोट र सिम्तामा कार्य गरिरहेको छ । परियोजनाले अपाङ्गता भएका व्यक्तिहरूको पहिचान क्याम्प, स्वास्थ्य उपचार सेवा, फिजियोथेरापी सेवा, परामर्श सेवा पुनस्र्थापना सेवा, सहायक सामग्री निर्माण, मर्मत सम्भार र वितरण तथा अपाङ्गता भएका व्यक्तिहरु वा उनीहरुको परिवारलाई व्यवसायिक तालिम, सीपमूलक तालिम सहयोग प्रदान गर्दै आइरहेको छ । 

अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यक सहायक सामाग्री, कृतिम अंग,   उत्पादन बिक्री तथा वितरण गर्दै आइरहेको आइएनएफ सुर्खेतले कर्णालीमै एक सहायक सामग्री उत्पादन गर्ने निकायको रूपमा आफूलाई स्थापित गर्दै आइरहेको छ ।  

नेपालका गरिब र पिछडिएका जनता र समुदायका लागि आफ्नो पूर्णतामा जीवन भन्ने परिकल्पनाका साथ आइएनएफले १९५२ देखि नेपालमा कुष्ठरोग, मेरुदण्डमा चोटपटक र अन्य अपाङ्गता भएका मानिसहरूलाई मद्दत गर्ने केही दुर्गम र गरिब समुदायहरूमा विकासलाई सहज बनाउन मेडिकल आउटरिच कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ।

यसका साथै “अपांगता भएका व्यक्तिहरुका लागि आर्थिक सुधार, पहुँच तथा समावेशीकरण” परियोजना सुर्खेतका ४ वटा पालिकाहरु वीरेन्द्रनगर, पञ्चपुरी, गुर्भाकोट र सिम्तामा जुलाई २०२२ देखि २०२५ सेप्टेम्बरसम्मका लागि सञ्चालित छ ।    

प्रतिक्रिया

सम्बन्धित खवर

Top