ट्रेण्डिङ

होमपेज / समाज

सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रण

मन्त्रीको कार्यकक्ष जल्यो

नेपालगाथा २०८१ माघ २६ गते शनिबार ११:४३:३४ मा प्रकाशित

काठमाडौं । काठमाडौँको सिंहदरबारमा रहेकाे खानेपानी मन्त्रालयमा लागेकाे आगाे नियन्त्रणमा आएको छ । सिंहदरबार प्रहरीका अनुसार खानेपानी मन्त्रालयको चौथो तलामा आज बिहान पौने ८ः३५ बजे आगलागी भएको हो । उक्त तलामा खानेपानीमन्त्रीको कार्यकक्ष समेत रहेको थियो ।

सिंहदरबार सुरक्षा गणका प्रमुख, प्रहरी नायब उपरीक्षक दिनेश घिमिरेले बारुणयन्त्रको सहायताले आगलागी नियन्त्रणमा लिइएको जानकारी दिए ।

आगलागी के कारण भयो भन्नेबारे खुलेको छैन । तीनवटा कोठामा लागेको आगलागीको क्षतिको विवरण समेत आइसकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top