ट्रेण्डिङ

होमपेज / समाज

काेशी प्रदेशस्तरीय चेस प्रतियोगिता फागुन ३ गतेदेखि

नेपालगाथा २०८१ माघ २४ गते बिहीबार १०:३५:४३ मा प्रकाशित

विराटनगर ।  विराट चेस क्लबको आयोजनामा कोशी प्रदेशस्तरीय चेस प्रतियोगिता आगामी फागुन ३ देखि ७ गतेसम्म हुने भएको छ । चेसलाई प्रदेशस्तरमा प्रवर्द्धन तथा नयाँ प्रतिभा पहिचान गर्ने उद्देश्यले आयोजना हुने प्रतियोगितामा विभिन्न उमेर समूहका खेलाडीले प्रतिस्पर्धा गर्ने जनाइएकाे छ । 

क्लबका निर्देशक खगेन्द्र थापाका अनुसार प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः नगद रु २० हजार, रु १५ हजार र रु १० हजारसँगै पदक प्रदान गरिने छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top