होमपेज / समाज
सुर्खेत । प्रेस चौतारी नेपाल सुर्खेतको अध्यक्षमा मुना हमाल निर्वाचित भएकी छन् । सातौं जिल्ला अधिवेशनबाट हमाल अध्यक्षमा निर्विरोध निर्वाचित भएकी हुन् ।
नवगठित कार्यसमितिकाे उपाध्यक्ष खुलातर्फ दिनेशकुमार बुढा र महिलातर्फ चन्द्रा कँडेल निर्वाचित भए । यस्तै सचिवमा रजनी योगी, सहसचिव (खुला) कुलेन्द्र शाही, सहसचिव (समावेशी) तेजबहादुर राेकाया र कोषाध्यक्षमा नवराज रोकाया निर्वाचित भएका छन्।
यसैगरी सदस्यहरूमा कल्पना ढेंगा मगर, कल्पना हमाल, नन्द कठायत, विनोद घिमिरे, विक्रमकुमार विश्वकर्मा र चन्द्रबहादुर वली निर्वाचित भएका छन् ।
कर्णाली प्रदेश अध्यक्षसहित समाजवादी प्रेस संगठन चौतारीमा विलय
समाजवादी प्रेस संगठनका विभिन्न नेताहरू प्रेस चौतारी नेपालमा समावेश भएका छन् । प्रेस चौतारी नेपाल, सुर्खेतको सातौँ जिल्ला अधिवेशनका क्रममा उनीहरू पुन: प्रेस चौतारीमा फर्किएका हुन् । प्रेस चौतारी नेपालमा फर्किनेमा संगठनका नेता दीपक कुमार बुढा (प्रदेश अध्यक्ष), नन्दराम जैसी (केन्द्रीय सदस्य), चन्द्रा कँडेल (जिल्ला उपाध्यक्ष), रजनी योगी (जिल्ला सचिव), कल्पना ढेंगा मगर (सह-सचिव) तथा विनोद लम्साल लगायतका नेताहरु रहेका छन् ।
.jpg)