होमपेज / समाज
काठमाडौं। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज साँझ ५ बजेर २० मिनेट जाँदा दैलेखको तोलीजैसी आसपास केन्द्रविन्दु भएर ४ दशमलव ४ रिक्टरस्केलको भूकम्प गएको हो ।
नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी रहेको छ । नेपाल हिमालय क्षेत्र भएको कारणले भूकम्पको जोखिमको क्षेत्रका रूपमा लिने गरिन्छ । भूकम्प क्षेत्रका जानकारहरूका अनुसार पश्चिम नेपालमा पाँच सय वर्ष यता ठुलो भूकम्प गएको छैन। अर्थात् जमिनमुनि ठुलो भूकम्पीय शक्ति सञ्चय भएर बसेको छ।